काठमाडौ। ५०औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता नआएको, तोडफोड तथा आगजनीमा संलग्न कानूनी दायरामा आउन नसकेकाले निर्वाचनमा सुरक्षा चुनौती देखिएको बताउनुभयो ।


ADVERTISEMENT


वर्तमान सरकारको म्यान्डेट चुनाव गराउने भए पनि अझै चुनावको वातावरण बन्न नसकेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचनको वातावरण बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताउनुभयो ।


ADVERTISEMENT

# # #


संविधान संशोधन गरी जेनजीको माग सम्बोधन गर्न संसद् आवश्यक रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री बानियाँले अहिलेकै अवस्थामा निर्वाचन भएमा जेनजीले उठाएका माग सम्बोधन हुनसक्ने जिकिरसमेत गर्नुभयो ।

स्वर्गीय बिपी कोइरालाले लिएको मेलमिलापको नीति वर्तमान अवस्थामा पनि सान्दर्भिक रहेको बताउँदै उहाँले  गणतन्त्रलाई बलियो बनाउन,कांग्रेसभित्रको एकतालाई मजबुत बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।