काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी करण केसीले प्रेमिका वर्षा बस्नेतसँगको सम्बन्धलाई औपचारिकता दिएका छन् । करणले शुक्रबार प्रेमिकासँग औँठी साँटासाँट गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै इंगेजमेन्टको खबर दिएका हुन् ।


ADVERTISEMENT


करण र वर्षा लामो समयदेखि प्रेममा थिए । यद्दपि उनीहरुले आफूहरुबीचको प्रेमलाई भने सार्वजनिक गरेका थिएनन् । ३४ वर्षीय करण केसीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सन् २०१५ मा डेब्यू गरेका थिए ।


ADVERTISEMENT

# # #


भ्यालेन्टाइन ब्वायका नामले समेत चिनिने करण डेब्यू यता प्रमुख बलिङ अलराउन्डरका रुपमा चिनिन्छन् । उनले आफ्नो मध्यम गतिको बलिङ र आक्रामक ब्याटिङले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई थुप्रै पटक हारको मुखबाट जोगाएका छन् ।

यता वर्षा भने चलचित्र पत्रकार र सोसियल मिडिया इन्फ्लुयन्सर हुन् ।