काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले अतिरिक्त सुरक्षा जनशक्ति र उद्धार सामग्री परिचालन गरेको छ।


ADVERTISEMENT


उद्धार तथा राहत सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।


ADVERTISEMENT

# # #


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका उद्धार टोलीलाई प्रभावित क्षेत्रमा खटिनुअघि आवश्यक निर्देशनसहित ब्रिफिङ गरे। गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

उनले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच उच्चस्तरीय समन्वय र तीव्र परिचालन आवश्यक रहेको बताए । सरकारले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप जनशक्ति, उद्धार उपकरण तथा राहत सामग्री पठाउने तयारीसमेत गरेको जनाएको छ।