काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।


ADVERTISEMENT


२०८१ बैशाख २७ गते मुख्यमन्त्री कार्कीको नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारको मन्त्रिपमण्डप पूर्णरुपमा पुनर्गठन गरिएको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले ८ जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


पुनर्गठित मन्त्रिपरिषदमा एमालेका ४ जना मन्त्री र एक जना राज्य मन्त्री तथा नेपाली कांग्रेसका ४ जना मन्त्री र एक जना राज्य मन्त्री रहेका छन् । मंगलबार नै विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रम बीच प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

पुनर्गठित मन्त्रिपरिषदमा प्रदीप कुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, तीलचन पाठक खानेपानी, सिचाई तथा उर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मान बहादुर लिम्बु स्वास्थ्य मन्त्रालय र इसराइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालय रहेको छ ।

यसैगरी नवनियुक्त राज्य मन्त्रीहरु उमाकान्त गौतम र शोभा चेम्जोङलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा शपथग्रहण गराए । पुनर्गठित मन्त्रिपरिषदमा एक जना मात्र महिला रहेको र दलितलाई समावेश नगरिएको बारे सोधिएको प्रश्नमा मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई आगामी दिनमा समावेशी बनाइने बताए ।

शपथग्रहण समारोहमा प्रदेश सांसदहरु, प्रमुख सचिव, प्रदेश सभा सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरु र उच्चपदस्थ कर्मचारीहरुको साथै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।