काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ३ लाख रुपैयाँ नाघेको हो । आज एकै दिन तोलामा ९ हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० रुर्पैयाँ गुगेको हो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० रुर्पौयाँ रहेको थियो । मङ्गलबार तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुन तोलामा २ लाख ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला छ हजार १९० रुपैयाँ पुगेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























































