काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभइ जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।
बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्र्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभइ जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरेका हुन् । उज्यालो पार्टीले जेनजीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेको उनले बताए ।
घिसिङले भाषण गरेर कोहि पनि प्रधानमन्त्री नहुने भन्दै कामले र जनताले चुनेपछि मात्रै प्रधानमन्त्री हुने तर्क गरे ।
उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका धेरै उम्मेदवारहरु मधेस प्रदेशमा रहेकाले नजिता पनि आफ्नो पार्टीको पक्षमा आउने धारणा राखे । घिसिङले अहिले मधेशका जनतासंग भेटघाटका लागि आफुहरु आएको भन्दै पछि फेरि एजेण्डासहित आउने बताए ।



























































