काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।


ADVERTISEMENT


भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केहिदिन यता उहाको न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।


ADVERTISEMENT

# # #


भट्टराईको बिहीबार नै विद्युतीय शव गृहमा दाहसंस्कार गरिएको छ । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।