ललितपुर – महिला तथा पुरुष बागमती प्रदेश आई.टी.एफ तेक्वान्दो प्रतियोगिता २०८२ को उद्घाटन सत्र बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।


ADVERTISEMENT


झि नेवा पुच तथा ललितपुर जिल्ला तेक्वान्दो संघ (आई.टी.एफ) को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको संयोजक राजिब महर्जन रहेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री बानियाँ सहभागी भएका थिए भने समापन समारोहमा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपाल के।सी प्रमुख अतिथिका रूपमा उपस्थित रहेकी थिइन ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक गरी बागमती प्रदेशका आठ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो।

टिम च्याम्पियनतर्फ भक्तपुर जिल्लाले पहिलो स्थान हासिल गर्दा काभ्रे जिल्ला दोस्रो र काठमाडौं जिल्ला तेस्रो स्थानमा रहन सफल भए।

व्यक्तिगततर्फ सिनियर उत्कृष्ट खेलाडी पुरुषतर्फ सुमन राणा र महिलातर्फ दीपाले उपाधि हात पारे। त्यसैगरी सिनियररजुनियर सर्वोत्तम खेलाडी पुरुषतर्फ विवेक के.सी. र महिलातर्फ एस्मा घोषित भए।

प्रतियोगिताले बागमती प्रदेशमा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ रहेको छ।