दार्चुला – दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव दार्चुलाको बंगाबर क्षेत्रमा फेला परेको छ।
मंगलबार बिहान एक बियरबार रहेको घरको पछाडिपट्टि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। निर्वाचनको समय नजिकिँदै गर्दा नेताहरूको प्रचार–प्रसार तथा आवतजावतमा समेत सुरक्षा चुनौती देखिएको स्थानीयको भनाइ छ।
प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा घर्तीको हत्या भएको आशंका गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ। आक्रोशित मृतकका आफन्त तथा स्थानीयवासीले घटनास्थलमा नाराबाजी गरेका छन्। यस क्रममा ढुंगामुडा प्रहार समेत भएको छ।



























































