काठमाडौँ।काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा ले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण लागू गरे वार्षिक करिब १३ करोड लिटर पेट्रोल आयात घटाउन सकिने बताएका छन्। यसबाट करिब ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने र व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) नेपाल आर्थिक पत्रकार समाज द्वारा आयोजित ‘नेपालमा इथानोल मिश्रण नीति स् अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरू’ विषयक कार्यक्रममा मन्त्री सिन्हाले इथानोल मिश्रणलाई ऊर्जा सुरक्षाको महत्वपूर्ण कदमका रूपमा वर्णन गरे।
मन्त्री सिन्हाका अनुसार, जैविक इन्धन प्रयोगले सवारी साधनबाट हुने कार्बन उत्सर्जन घटाउँछ र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्छ। इथानोल उत्पादनका लागि उखु तथा अन्य कृषिजन्य कच्चा पदार्थ प्रयोग हुने भएकाले यसले चिनी उद्योगलाई सक्रिय बनाउने, बाँझो जमिनको उपयोग बढाउने र किसानको आयमा वृद्धि ल्याउने विश्वास व्यक्त गरे।
उनले नयाँ उद्योग स्थापना र रोजगारी सिर्जनामा समेत यसको योगदान रहने बताए। मन्त्री सिन्हाले भने, “विगत २० वर्षदेखि इथानोल मिश्रणबारे अध्ययन र छलफल भइरहेका कारण निर्णय प्रक्रियामा गति दिन सजिलो भयो। मन्त्रिपरिषदबाट स्वीकृत आदेश अहिले राजपत्रमा प्रकाशनको क्रममा छ।”
कार्यक्रममा नेपाल आयल निगम नेपाल आयल निगम का प्रबन्ध निर्देशक डा। चण्डिका भट्ट ले भने, “इथानोल मिश्रण नीति लामो समय कागजमै सीमित थियो, अब यसलाई कार्यान्वयनमा लैजान आवश्यक छ। पेट्रोलियम उत्पादन गर्ने मुलुकहरूले यसलाई लागू गरिसकेका छन्स आयातमा निर्भर नेपालका लागि यसको आवश्यकता अझ बढेको छ।”
सरकारले २०६० सालमै पेट्रोलमा इथानोल मिश्रण अनिवार्य गर्ने सूचना जारी गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन। अब मन्त्रिपरिषद्बाट स्वीकृत आदेश लागू भएपछि इन्धन सुरक्षा, आयात प्रतिस्थापन, औद्योगिकीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


























































