काठमाडौ – आर्टुडियो इस्टोनियाकी टेक्सटाइल डिजाइनर तथा अनुसन्धानकर्ता (Liisi Tamm) लिइसी टामको रेसिडेन्सी प्रदर्शनी “नुन र सून / सूल ज कुल्ड” (Sool ja Kuld) प्रस्तुत गर्न पाउँदा खुशी व्यक्त गर्दछ। प्रदर्शनी यहि चैत्र ६ गतेदेखि १० गतेसम्म ललितपुरको नकबहिलस्थित आर्टुडियोको पाटन विंगमा आयोजना हुँदैछ। गत फेब्रुअरी-मार्च २०२६ मा आर्टुडियोको इन्टरनेसनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत भएको उनको बसाइँको परिणामस्वरूप यो प्रदर्शनी हुन लागेको हो।


ADVERTISEMENT


“हामी पहिले नुन र सुन मात्र किन्थ्यौं, अरू त सबै हामी आफैं बनाउँथ्यौं।” भन्ने नेपालमा प्रचलित एउटा आहानबाट प्रेरित यस प्रदर्शनीले आत्मनिर्भरता, सिर्जना प्रक्रिया र परम्परागत ज्ञानको दीर्घकालीन महत्वलाई उजागर गर्दछ। यही अवधारणा मार्फत (Liisi Tamm) टामले परम्परागत हस्तकला अभ्यास र स्थानीय सामग्रीहरूको सांस्कृतिक तथा भौतिक महत्वको खोजी गरेकी छन्।


ADVERTISEMENT

# # #


रेसिडेन्सी अवधिमा (Liisi Tamm) टामले काठमाडौं उपत्यका तथा नेपालको अन्य स्थानहरूको व्यापक अध्ययन गर्दै रैथाने कपडा बुन्ने परम्परा, प्राकृतिक फाइबर र हरेक दिन गरिने हस्तनिर्माण अभ्यासहरूसँग नजिक रहेर काम गरिन्। स्थानीय महिला हस्तकलाकर्मी तथा सृजनात्मक व्यक्तिहरूसँगको संवाद र सहकार्यले उनको कामलाई आकार दिएको छ, जसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत कपडा बुन्ने ज्ञानलाई उजागर गर्दछ।

प्रदर्शनीमा नेपाल बसाइँका क्रममा विकसित गरिएका उनका विभिन्न टेक्सटाइल अन्वेषणहरू प्रस्तुत गरिएका छन्, जसले परम्परा र समकालीन अभ्यासबीचको संवाद सिर्जना गर्छ। इस्टोनियन टेक्सटाइलको स्पर्श र नेपालको समृद्ध हस्तकला परम्पराको संयोजनले यी कामहरूमा सामग्रीप्रतिको बुझाइ र साझा अभ्यासमा आधारित अन्तर-सांस्कृतिक समानता देख्न पाइन्छ।

“नुन र सून / सूल ज कुल्ड(Sool ja Kuld)” ले दर्शकलाई परम्परागत हस्तकलालाई केवल सांस्कृतिक वस्तुको रूपमा मात्र नभई जीवित अभ्यासका रूपमा हेर्न आमन्त्रण गर्दछ, जहाँ बनाउने प्रक्रियामार्फत नै इतिहास, पहिचान र ज्ञानको प्रवाह निरन्तर अघि बढ्दै जान्छ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन, ६ चैतः गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए । यो सङ्ख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष यो सङ्ख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो ।

निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्जले चालु आवमा रु १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व सङ्कलन गरेको छ ।

काठ दाउरा बिक्रीबापत रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट रु १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट रु सात लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ रकम राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो