काठमाडौं-  टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि मुक्तिनाथ विकास बैंकले सहुलियत कर्जा सुविधा ल्याएको छ। यसका लागि बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।


ADVERTISEMENT


समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार सिप्रदीका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखाबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार विद्युतीय (EV) सवारी साधन खरिदका लागि ६० प्रतिशतसम्म र पेट्रोलियम इन्धनमा चल्ने (ICE) सवारी साधनका लागि ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ।

व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच सहज बनाउने र उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले सहकार्य गरिएको बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले हाल अटो कर्जाका साथै कृषि तथा SME कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ।

बैंक र सिप्रदीबीचको यो सहकार्यले व्यावसायिक सवारी साधन खरिद गर्न चाहने साना व्यवसायी, कृषक तथा उद्यमीलाई आवश्यक वित्तीय स्रोत जुटाउन थप सहज हुने अपेक्षा गरिएको छ।