काठमाडौं –  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ७ हजार ८०० र चाँदी  ११५ ले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८९५ कायम भएको छ ।


ADVERTISEMENT

# # #


हिजो बिहीबार एक तोला सुन ३ लाख २ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १० कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख ७ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।