काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. ले Global Money Week 2026 – “Smart Money Talks” को अवसरमा देशका विभिन्न प्रदेशहरूमा ¥यालीसहित वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।


ADVERTISEMENT


कार्यक्रमअन्तर्गत विद्यार्थी, साना तथा मझौला व्यवसायी र आमा समूहलाई लक्षित गर्दै बचत, लगानी, बजेट व्यवस्थापन तथा जिम्मेवार वित्तीय व्यवहारसम्बन्धी जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई वित्तीय योजना, डिजिटल बैंकिङको प्रयोग तथा भविष्यका लागि आर्थिक रूपमा सक्षम बन्न आवश्यक सीपहरूबारे प्रशिक्षण दिइएको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले वित्तीय साक्षरताको महत्वबारे प्रकाश पार्दै युवा पुस्तालाई सुरुवाती चरणदेखि नै वित्तीय अनुशासन अपनाउन आग्रह गरेका थिए। सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।