काठमाडौं – हरेक बालबालिकामा सपना हुन्छ। तर ती सपना पूरा गर्न सबैसँग समान अवसर भने हुँदैन। यही यथार्थलाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकले “अवसरको झोला” अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ।


ADVERTISEMENT


कसैका लागि साधारण देखिने एउटा झोला, यी बालबालिकाका लागि भने अवसरको ढोका बन्न सक्छ। यही सोचका साथ बैंकले उनीहरूको काँधमा केवल झोला मात्र होइन, सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको छ।कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा देखिएको खुशी केवल सामग्री प्राप्तिको थिएन—त्यो त “अब म पनि सक्छु” भन्ने विश्वासको झल्को थियो। यसै अभियान सँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको छ।


ADVERTISEMENT

# # #


बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ। हाल सम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ ।