काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ।
अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले पदाधिकारी चयन प्रक्रिया सम्पन्न गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।
नाडाको विधान २०७१ (संशोधन सहित) को दफा २०.७ बमोजिम गत २०८२ पौष २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिएको नाडाले जनाएको छ।
नवगठित कार्यसमितिमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती रहेका छन् भने निवर्तमान अध्यक्षमा करणकुमार चौधरी छन्। संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन्। यस्तै, उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सह–कोषाध्यक्षमा निलमणी पाठक रहेका छन्।
संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन्।
साधारण सदस्यहरूबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन्।
अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्। यसैबीच, अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रम समेत आयोजना गरेका छन्।


























































