काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार लिने प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथको विस्तृत तालिका तय भएको छ । जस अनुसार बालेनले साइत जुराएर दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिनेछन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शीतल निवासमा बालेनले राष्ट्रपति पौडेलबाट शपथ लिनेछन् । उनको शपथका क्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । यस्तै १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने समेत कार्यक्रम तय भएको रास्वपाका एक नेताले बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्न जाने कायक्रम रहेको छ ।

प्रधानमन्त्रीको शपथ लिनुअघि बालेनले भोलि (बिहीबार) प्रतिनिधिसभा सदस्यको शपथ लिँदैछन् । उनीसहितका नवनियुक्त सांसदहरुलाई भोलि प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ गराउँदैछन् । केसीलाई भने आजै राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई अर्थात १८२ सिटमा जित हासिल गरेपछि एकमना सरकार बनाउँदैछ । पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै निर्वाचनमा होमिएको थियो ।

सोही अनुसार उनलाई रास्वपाले शपथ अघि संसदीय दलको नेता चयन गर्ने छ ।