काठमाडौं – चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्बसाधारणका लागि निस्कासन गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आइपिओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ ।


ADVERTISEMENT

# # #


कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी साधारणसभाले ६ जना संचालक निर्बिरोध चयन गरेको छ ।