एजेन्सी – चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।
आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे ।
९२ वर्षकी गायिका भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् ।
उनले गाएका एक दर्जनभन्दा धेरै नेपाली गीत समेत लोकप्रिय छन्।


























































