काठमाडौं – नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो ।


ADVERTISEMENT

# # #


आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि वर्ष २०८२ को अन्तिम दिन (हिजो) सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।