काठमाडौं- नेपाली कांग्रेसले ग्यासको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भइरहेको भन्दै समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।


ADVERTISEMENT


कांग्रेसले अहिले खेतीपातीको समयमा मलको अभाव देखिएकाले मलको आपूर्ति सहज बनाउनसमेत सरकारसँग माग गरेको छ। दीर्घकालीन रूपमा स्वदेशमै मल उत्पादन गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता चालिसेले बताएका छन्।


ADVERTISEMENT

# # #


त्यस्तै, महँगी र कालोबजारी नियन्त्रण गरी जनतालाई आवश्यक राहत उपलब्ध गराउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुनः बस्नेछ। बैठकमा महाधिवेशनको तयारीसहित पार्टीका विभिन्न समसामयिक विषय र एजेन्डामाथिको छलफल जारी रहने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।