काठमाडौं – मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ घटेको हो । हिजो ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा झरेको छ ।