काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेलेले गीतमार्फत आफ्नो धारणा प्रस्तुत गरेका छन्। संसद् बैठकमा बोल्ने क्रममा सांसदले “मागेको धोतीले मेरो लाज छोपिएन” भन्ने भावको गीत गाएपछि केही समय सदनको वातावरण फरक बनेको छ।


ADVERTISEMENT


सांसदले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै जनताका समस्या अझै समाधान हुन नसकेको बताएका छन्। उनले गीतमार्फत जनअपेक्षा, विकास निर्माण र सुशासनका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।


ADVERTISEMENT

# # #


भीष्मराज आङदेङम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।

आङदेङम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताएका छन् । कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै अहिले सरकारका सवालमा पनि त्यही नीति लागु हुने स्पष्ट गरेका छन् ।