काठमाडौं – वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा ATHER विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको छ।
यस विशेष मेगा डेलिभरी कार्यक्रमले नेपाली ग्राहकहरूबीच ATHER ब्रान्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ। देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए।
कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रा. लि.का प्रतिनिधिहरूले ATHER प्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए।
एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डको रूपमा अझ सशक्त बनाएको छ।


























































