काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण इलामको चिया उद्योग बन्द हुने अवस्थामा आएको भन्दै चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।


ADVERTISEMENT

# # #


भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेको र नेपाली चियाको गुणस्तरको रिपोर्ट नआएसम्म चिया बेच्न नपाइने व्यवस्थाले चिया किसानहरुले उद्योगमा ताला झुण्डाउनुपर्ने अवस्था आएको उनले बताएका छन् ।

उनले प्रधानमन्त्रीलाई चिया पसलमा गएर चिया पिउन फुर्सद भएपनि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न फुर्सन नभएको उल्लेख गरेका छन्।

सचेतक राईले  चिया निर्यात खुलाउन जी टु जी पहल गर्न र दीर्घकालीन समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।