काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ८औँ विशेष साधारण सभा सम्पन्न भएको छ।


ADVERTISEMENT


सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेको अध्यक्षतामा बुधबार बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा सम्पन्न भएको हो।


ADVERTISEMENT

# # #


सभाले बैंकको भविष्य रणनीति, पूँजी संरचना तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले बैंकको पूँजी संरचना सुदृढ बनाउन रु २ अर्ब बराबरको स्थायी गैर सञ्चयी प्राथमिक शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यसले बैंकको वित्तीय आधार बलियो बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी, साधारण सभाबाट सञ्चालक समितिको निर्वाचनसमेत सम्पन्न भएको छ। संस्थापक तथा सर्वसाधारण सेयरधनीका प्रतिनिधित्व गर्दै ४ जना नयाँ सञ्चालक निर्वाचित भएका छन्।

बैंकले आगामी दिनमा सुशासन सुधार, डिजिटल बैंकिङ विस्तार, तथा जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ।

बैठकमा प्रस्तुत विवरण अनुसार बैंकले हाल देशभर ६१ जिल्लामा बैंकिङ सेवा विस्तार गरिसकेको छ। करिब २०० शाखा, १७२ एटीएम, ३ एक्स्टेन्डेड काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। साथै करिब ३२ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।