काठमाडौं-  मेटलाइफ नेपालले गम्भीर रोगका कारण उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ‘क्रिटिकल इलनेस प्लस’ नामक नयाँ राइडर सार्वजनिक गरेको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार नयाँ राइडरले जीवन बीमा योजनामा थप सुरक्षा प्रदान गर्दै क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजो रोग, मुटुसम्बन्धी रोग तथा प्रमुख अंग प्रत्यारोपणलगायत ११ वटा गम्भीर रोगविरुद्ध आर्थिक सुरक्षा उपलब्ध गराउनेछ। बीमित व्यक्तिमा यस्ता रोग पुष्टि भएपछि सम्झौताअनुसारको रकम एकमुष्ट रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।


ADVERTISEMENT

# # #


मेटलाइफ नेपालले यो राइडरलाई किफायती र सहज बनाउने उद्देश्यले कुनै छुट्टै बीमा योजना आवश्यक नपर्ने गरी योग्य व्यक्तिगत जीवन बीमा योजनासँग जोड्न मिल्ने व्यवस्था गरेको जनाएको छ। कम्पनीका अनुसार प्राप्त रकम उपचार, पुनःस्थापना, विदेशमा उपचार, पारिवारिक खर्च वा अन्य आर्थिक दायित्व पूरा गर्न प्रयोग गर्न सकिनेछ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले गम्भीर रोगले व्यक्तिको स्वास्थ्यसँगै आर्थिक अवस्थामाथि पनि ठूलो प्रभाव पार्ने उल्लेख गर्दै ‘क्रिटिकल इलनेस प्लस’ मार्फत ग्राहकलाई थप पहुँचयोग्य, किफायती र प्रभावकारी सुरक्षा प्रदान गरिएको बताए। उनका अनुसार यसले ग्राहकलाई आर्थिक चिन्ताभन्दा उपचार र स्वास्थ्य लाभमा केन्द्रित हुन सहयोग पुर्‍याउनेछ।

कम्पनीले आफ्नो समूह बीमा अन्तर्गतको ‘क्रिटिकल इलनेस’ राइडरलाई पनि थप सुदृढ बनाएको जनाएको छ। अब कर्मचारी तथा उनीहरूका परिवारका लागि १४ वा २० प्रकारका गम्भीर रोगसम्मको सुरक्षा विकल्प उपलब्ध हुने कम्पनीको भनाइ छ। यसबाट रोजगारदाताले कम लागतमा कर्मचारी सुविधा विस्तार गर्न सक्ने विश्वास गरिएको छ।

सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको मेटलाइफ नेपालले जीवन, दुर्घटना, स्वास्थ्य तथा सामूहिक बीमासम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीले बदलिँदो स्वास्थ्य जोखिम र ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले नवीन बीमा समाधानहरू विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।