काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ ।


ADVERTISEMENT


चितवनको भरतपुरस्थीत गेष्टहाउस चौरमा आयोजित विशेष समारोहमा पार्टी सभापति सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गरेका हुन् । लामिछाने र शाहले घण्टी बजाएर महाधिवशेनको औपचारिक शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT

# # #


महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगन कुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता बर्षमान पुन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगाएत अन्य दलका नेताहरु सहभागी भएका छन् ।

महाधिवेशन अन्तर्गत बन्द सत्रमा राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन प्रस्तुत हुने रास्वपाले जनाएको छ ।

महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी छन् । रास्वपाले सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चयन गरेको हो ।

प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि रास्वपाले चुनावको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।