काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न अत्याधुनिक सफ्टवेयर, हार्डवेयर तथा अन्य आवश्यक उपकरणहरू हस्तान्तरण गरेको छ।


ADVERTISEMENT


मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो।


ADVERTISEMENT

# # #


नेपाल प्रहरीका अनुसार प्राप्त उपकरणहरूले साइबर अपराध अनुसन्धान, डिजिटल प्रमाणको विश्लेषण तथा डिजिटल फरेन्सिक क्षमतालाई थप प्रभावकारी र आधुनिक बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरी र अमेरिकी दूतावासबीच अपराध अनुसन्धान तथा क्षमता अभिवृद्धिमा आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत जोड दिइएको छ।