काठमाडौं-  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। समितिले आवश्यक तथ्य, तथ्यांक र अपेक्षित विषयवस्तु समेटिएको विस्तृत प्रतिवेदन पुनः उपलब्ध गराउन निर्देशन दिएको छ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा समितिले माग गरेका विषयहरू पर्याप्त रूपमा समावेश नभएको निष्कर्ष निकाल्दै थप विवरणसहित पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।


ADVERTISEMENT

# # #


यसअघि असार ५ गते बसेको समितिको बैठकले तथ्य र तथ्यांकसहितको प्रतिवेदन पेश गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। तर, सो निर्देशनअनुसार अपेक्षित विवरण नसमेटिएको प्रतिवेदन प्राप्त भएपछि पहिले माग गरिएका सबै विषय स्पष्ट रूपमा समेटेर पुनः प्रतिवेदन उपलब्ध गराउन निर्णय गरिएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिएका छन्।

बैठकमा सहभागी सांसदहरूले राष्ट्र बैंकको प्रतिवेदन अपूर्ण रहेको भन्दै थप विवरणसहित पुनः प्रतिवेदन माग गर्नुपर्ने धारणा राखेका थिए। साथै, बैठकले मौद्रिक नीतिका विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने निर्णय पनि गरेको छ।