काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रोपाईका लागि तत्काल प्रयाप्त पानी पर्ने सम्भावना निकै कम रहेको जनाएको छ ।
एक–दुई स्थानमा भारी वर्षा भए पनि किसानहरूले सोचे जस्तो तत्काल पर्याप्त मात्रामा पानी पर्ने सम्भावना भने निकै कम रहेको महाशाखाले जनाएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिमका पहाडी र तराई भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले केही सक्रियता बढेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिएकी छिन् ।
आगामी तीन दिन कोशी, बागमती, गण्डकीका एक–दुई स्थानहरूमा भारी सम्मको वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताएकी छिन् ।



























































