काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा भएको छ। इङ्ग्ल्यान्ड र नर्वेले अन्तिम १६ को खेल जित्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका छन्।
दश खेलाडीमा सीमित बनेको इङ्ग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले दुई तथा कप्तान ह्यारी केनले एक गोल गरे। मेक्सिकोका जुलियन र राउल जिमिनेजले एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस्तै, एर्लिङ हालान्डको दुई गोलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ। ब्राजिलका लागि नेइमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए। अब क्वाटरफाइनलमा इङ्ग्ल्यान्ड र नर्वे आमनेसामने हुनेछन्।
/p>



























































