सोलुखुम्बु नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माणका लागि आज लिखु पिके गाउँपालिकाका अध्यक्ष श्रीमती मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।


ADVERTISEMENT


भारत सरकारको आर्थिक सहयोग करिब ३.३ करोड लागतमा यस गुम्बा भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ र यो नेपालको सोलुखुम्बु जिल्लाको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।


ADVERTISEMENT

# # #


सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरुले नयाँ पूर्वाधारले लिखु पिके गाउँपालिकाको समृद्ध साँस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।