काठमाडौं – साविक उपविजेता फ्रान्सलाई २–० गोलले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। शानदार प्रदर्शन गरेको स्पेन अब दोस्रो विश्वकप उपाधिबाट एक कदम मात्र टाढा पुगेको छ।
अमेरिकाको डलासमा भएको पहिलो सेमिफाइनलमा स्पेनले सुरुदेखि नै खेलमा पकड जमाउँदै फ्रान्सलाई निराश बनायो। खेलको पहिलो हाफमा लामिन यामलमाथि भएको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाए।
दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले डानी ओल्मोसँगको उत्कृष्ट समन्वयमा अर्को गोल थप्दै स्पेनको जित सुनिश्चित गरे। स्पेनको मजबुत रक्षापंक्तिले किलियन एम्बाप्पेसहित फ्रान्सका आक्रमणलाई प्रभावहीन बनायो।
यो जितसँगै स्पेन विश्वकपको दोस्रो उपाधिनजिक पुगेको छ। अब आइतबार हुने फाइनलमा स्पेनले इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। उता, फ्रान्सले भने तेस्रो स्थानका लागि शनिबार खेल्नेछ।
((



























































