काठमाडौं- एनएमबी बैंक लिमिटेडले सातै प्रदेशका ग्राहकलाई लक्षित गर्दै ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ। स्थानीय संस्कृति, पहिचान र प्रत्येक प्रदेशका वित्तीय आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यस योजनामार्फत बैंकले प्रदेश–विशेष बचत खाताहरू सञ्चालनमा ल्याएको हो।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



योजनाअन्तर्गत कोशी प्रदेशका लागि ‘कोशी बचत खाता’, मधेश प्रदेशका लागि ‘मिथिला बचत खाता’, बागमती प्रदेशका लागि ‘बागमती बचत खाता’, गण्डकी प्रदेशका लागि ‘फेवा बचत खाता’, लुम्बिनी प्रदेशका लागि ‘बुद्ध भूमि बचत खाता’, कर्णाली प्रदेशका लागि ‘रारा बचत खाता’ तथा सुदूरपश्चिम प्रदेशका लागि ‘खप्तड बचत खाता’ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकको वित्तीय समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले यस योजनामा आकर्षक सुविधाहरू समावेश गरिएको छ। ग्राहकले पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट खाता तथा मेरो सेयर दर्ता सुविधा प्राप्त गर्नेछन्। साथै अन्य थप सेवासुविधाहरू पनि उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकका अनुसार ‘प्रदेश बचत खाता’ योजनाले वित्तीय समावेशीकरणलाई थप विस्तार गर्नुका साथै कागजरहित डिजिटल बैंकिङ सेवाको प्रवर्द्धन गर्दै देशभरका ग्राहकलाई उनीहरूको आवश्यकता अनुसारका बैंकिङ समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ।

हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ वटा विस्तारित काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले हरित नवप्रवर्तन, डिजिटल बैंकिङ र ग्राहकमैत्री वित्तीय सेवामा आफ्नो प्रतिबद्धता निरन्तर कायम राखेको जनाएको छ।