काठमाडौं- नेपाल एसबीआई बैंक लिमिटेड भारतीय चेम्बर अफ कमर्स द्वारा प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।
बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेशन, ‘बेस्ट परफर्मेन्स अन एसेट क्वालिटी, ‘बेस्ट परफर्मेन्स अन प्रोफिटेबिलिटी र ‘बेस्ट कमर्सियल बैंक विधामा सम्मान प्राप्त गरेको हो।
भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त अवार्ड ग्रहण गरेका थिए।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा सूक्ष्म, साना र मझौला उद्यम प्रवर्द्धनप्रति बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
अवार्ड प्राप्तिपछि बैंकले आफ्ना ग्राहक, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा २१ शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन्।




























































