काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरिन्। उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेकी छिन्।


ADVERTISEMENT

# # #


प्रमुख सचेतक थापाले घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै सरकारको कडा आलोचना गरेकी हुन्। नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाउँदै उनले सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।

उनले कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव भड्काउन नसक्ने बताएकी छिन्। सम्पूर्ण नेपालीलाई संयमता, सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन आह्वान गर्दै उनले समस्याको समाधान संवाद, कानुनी प्रक्रिया र सामाजिक सद्भावमार्फत खोज्नुपर्नेमा जोड दिएकी छिन्।