काठमाडौं- स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।


ADVERTISEMENT


सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार गत शुक्रबार प्रतिवेदन बुझाइएको हो। सीआईबीले २२ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ।


ADVERTISEMENT

# # #


प्रतिवादीमा स्मार्ट सेलका तत्कालीन ६ जना प्रबन्ध निर्देशक, स्मार्ट सेलका खरिदकर्ता ३ जना, ऐनसेलका ९ जना, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका २ जना र नेपाल दूरसञ्चार प्राधिकरणका १ जना रहेका छन्।

त्यस्तै, सीआईबीले करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय दिएको छ।

सरकारी वकिल कार्यालयले सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

सीआईबीका अनुसार दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको सम्पत्ति, दूरसञ्चार पूर्वाधार तथा प्रणालीसम्बन्धी विषयमा सरकारको सम्पत्तिको हक गुमाउने उद्देश्यले काम भएको देखिएको छ।