काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले चार महिनाको अवधिमा सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै बुर्लाकोटीले बर्खाको चार महिनाको अवधिमा सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनका लागि वातावरण बनाउने र बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने प्रयास गरिरहेको भन्दै सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका हुन्। १०० दिनभित्र सरकारले सुरु गरेको कामहरु कार्यान्वयनतर्फ अघि बढेको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै बुर्लाकोटीले बिभिन्न घटनाका छानविन प्रतिवेदनहरु सरकारले सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा पार्टीले आफुलाई आयोजक समितिको संयोजक तोकेको भन्दै सोही अनुसार कार्यक्रमको तयारी भइरहेको जानकारी दिएका छन् ।

रास्वपाले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस ७ वटै प्रदेशका करिब ५० वटा जिल्ला र विभिन्न पालिकाहरूमा मनाउने उनले बताएका छन्।