काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।


ADVERTISEMENT


देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गरेका थिए ।


ADVERTISEMENT

# # #


निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले  हिमालयपोष्टलाई जानकारी दिए । देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ । सर्वोच्चका प्रवक्ता कोइरालाका अनुसार रिटको सुनुवाइ ११ गतेका लागि तोकिएको छ ।