काठमाडौं – तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो क्षति भएको आशंका गरिएको छ।


ADVERTISEMENT


बाढीले तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनासहित बस्तीमा समेत क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार बाढी अकस्मात् आएकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। तल्लो तटमा रहेका केही जलविद्युत् आयोजनाका संरचना बाढीले बगाएको र बस्तीमा समेत पानी पसेको खबर आएको उनले बताए।

नेपालतर्फ ठूलो वर्षा नभएको भन्दै बाढी तिब्बततर्फबाट आएको हुनसक्ने प्रशासनको प्रारम्भिक अनुमान छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। घटनापछि थप क्षतिको विवरण संकलन तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको प्रशासनले जनाएको छ।