काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिवशक्ति ग्रुपले राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


शिवशक्ति ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरिएको हो। ग्रुपले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीलगायत क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।


ADVERTISEMENT

# # #


ग्रुपले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यस्तै, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालि, बाराले पनि बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।

विपद्को कठिन समयमा पीडित परिवारलाई साथ दिन निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहभागी हुन शिवशक्ति ग्रुपले अपिल गरेको छ। बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।