नुवाकोट – रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रारम्भिक राहत सहयोग हस्तान्तरण गरिएको छ।


ADVERTISEMENT


सम्बन्धित संघको तर्फबाट संकलित राहत सामग्री नुवाकोटका प्रमुख जिल्ला अधिकारीको रोहवरमा संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले हस्तान्तरण गरेका हुन्।


ADVERTISEMENT

# # #


बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको संघले जनाएको छ। साथै, विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्षलाई आग्रह गरिएको छ।