काठमाडौं- भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६७९ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।


ADVERTISEMENT


बाढी र पहिरोका कारण आयोजनातर्फ जाने सडक तथा पुलहरू क्षतिग्रस्त भएपछि उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको छ। कतिपय क्षेत्रमा प्रतिकूल मौसम र भौगोलिक अवस्थाका कारण उद्धारका लागि पठाइएका हेलिकप्टरसमेत पुग्न नसकेको जनाइएको छ।


ADVERTISEMENT

# # #


सम्पर्कविहीन रहेकाहरूको अवस्था बुझ्न तथा उद्धारका लागि सुरक्षा निकायले खोजी अभियान जारी राखेका छन्। तर सडक सम्पर्क विच्छेद र मौसमको प्रतिकूलताले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

बाढीबाट जलविद्युत् आयोजनाका संरचना, पहुँचमार्ग तथा अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा थप जोखिमको आकलन गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने प्रयास भइरहेको छ।