काठमाडौं – दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ ।


ADVERTISEMENT


यही भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


४६ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद ११ हजार १ सय ११ सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिए । दाहालका अनुसार ब्याक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्धारा पुरस्कृत गरिने छ ।

प्रतियोगितामा सहभागीका लागि टिम दर्ता शुल्क ५ हजार लाग्ने छ । प्रतियोगिताबाट बचत हुने रकम समाजका फरक क्षमता भएका व्यक्तिहरू, क्यान्सर (अंकोलोजिस्ट) पीडित तथा जेहेन्दार एवम् विपन्न विद्यार्थीहरूको सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।