काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को इन्टरनेटमा आधारित डिजिटल प्रसारण अधिकारका लागि भएको बोलपत्र प्रक्रियामा नेटटीभी ओटीटी सर्वाधिक बोलपत्रदाता बन्न सफल भएको छ।
नेपाली क्रिकेटप्रति बढ्दो आकर्षण र डिजिटल माध्यमबाट खेल हेर्ने दर्शकको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै एनपीएल २०२६ लाई अझ व्यापक, आधुनिक र प्रविधिमैत्री रूपमा दर्शकमाझ पुर्याउने तयारी गरिएको छ।
नेटटीभी ओटीटीले नेपाली क्रिकेटको विकास तथा व्यावसायिक विस्तारमा योगदान पुर्याउने उद्देश्यसहित एनपीएल २०२६ को डिजिटल प्रसारणलाई प्रभावकारी र विश्वस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ।
नेपाली क्रिकेटको उत्साहलाई डिजिटल माध्यमसँग जोड्दै एनपीएल २०२६ लाई नेपालसँगै विश्वभरका क्रिकेटप्रेमीमाझ पुर्याउने लक्ष्य राखिएको छ।
































































