काठमाडौं-  भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यातायात व्यवसायीहरूले काठमाडौंको कोटेश्वरमा दीप प्रज्वलन गरेका छन्।


ADVERTISEMENT


सोमबार आयोजित कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै अझै बेपत्ता रहेका नागरिकहरूको शीघ्र उद्धार तथा सकुशल फिर्तीको कामना गरेका थिए।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बाढीका कारण ठूलो संख्यामा सार्वजनिक तथा निजी सवारीसाधन बगाएको जानकारी गराउँदै यातायात क्षेत्रमा समेत ठूलो क्षति पुगेको बताएका छन्।

भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो। बाढीका कारण यातायात पूर्वाधार, सवारीसाधन तथा विभिन्न संरचनामा समेत व्यापक क्षति पुगेको थियो।

दीप प्रज्वलनमार्फत यातायात व्यवसायीहरूले विपद्मा ज्यान गुमाएकाप्रति सम्मान प्रकट गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका छन्। साथै, बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।