काठमाडौं- नेकपा एमालेको दशौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकृत गरेको छ ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालयमा बसेको बैठकले रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदन स्वीकृत गरेको एमाले नेता लेखराज भट्टले जानकारी  दिएका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार यसअघि प्रतिवेदनमा नेतृत्वसँग सम्बन्धित विषयसहित उठाइएका सबै विषय हटाइएको छ । त्यस्तै, मतभेदका विषयहरू पनि प्रतिवेदनबाट हटाइएको बताएका छन्।

उक्त प्रतिवेदनमाथि सोमबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुने नेता भट्टले जानकारी दिएका छन् भने नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि बस्ने भएको छ ।