काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्टको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबार बाँडफाँट भएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो। यसको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ रहेको थियो।
आईपीओमा २३ लाख ५१ हजार ५६० जना आवेदकले कुल २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ५ हजार २३३ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
मागको तुलनामा शेयर संख्या निकै कम भएपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। गोलाप्रथाबाट ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।































































