काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगजनी गरि गम्भीर घाइते भएका व्यक्तिको निधन भएको छ ।
रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हो । चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ रहेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वर घटनामा दाबा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मृतक चाकलले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको देखिएका प्रहरीको भनाइ छ ।
यसैबीच मृत्यु भएका चालकका आफन्त लगाएत यातायात मजदुरहरुले दोषिलाई कारवाही गर्न माग गर्दै कीर्तिपुरस्थित वर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएकाले दोषीका कारवाही गर्नुपर्ने माग गरेका छन् । साथै उनीहरुले उक्त घटनाको छानविन गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगाएका माग राखेका छन् ।
































































